शरणार्थी प्रकरणमा आफूविरूद्ध छानविन गर्न ओलीको चुनौती
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नक्कली शरणार्थी प्रकरणमा आफूमाथि छानविन गर्न सरकारलाई चुनौती दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले अफू नेतृत्वको सरकाले सक्कली भुटानी शरणार्थी समस्या समाधानका लागि सफा मनले कार्यदल गठन गरेको दाबी गरे । तर आफ्नो सरकार ढलेपछि वास्तविक दस्ताबेज लुकाएर नक्कली शरणार्थीहरूको सूची तयार गरेको आरोप लगाए ।
‘शरणार्थी प्रकरणमा राजनीति अभिष्ट पुरा गर्न सरकारले षड्यन्त्र गरिरहेको छ । यस विषयमा उतिबेलै उजुरी परेको रहेछ । दोषीलाई किन छुटाइयो ? किन गिरफ्तार गरिएन ?’, सरकारसँग उनले प्रश्न गर्दै भने, ‘म चुनौती दिन चाहन्छु यसमा मेरो संलग्नता कतै देखिए छनविन होस् । सक्कली दस्तावेजको कभर राखेर नक्कली सूची खडा गरिएको छ । एमालेलाई फसाउन खोजिएको छ । निर्दोष फसाउने काम हामीलाई सह्य हुँदैन । हामीले हेरेर बसेका छौं ।’
शरणार्थीको फाइल खोलेर सरकारले ठूलो काम गरको जस्तो हल्ला पिटिरहेको छ । सरकारले राम्रो काम गरेको नभइ आफै विष्फोट भएको ओलीको टिप्पणी थियो । शरणार्थी समस्या समाधानमा धन्यवाद दिनुपर्नेमा उल्टो आफूविरूद्ध आलोचना भएकोमा ओलीले गुनासो पोखे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया