शरणार्थी प्रकरणमा आफूविरूद्ध छानविन गर्न ओलीको चुनौती

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नक्कली शरणार्थी प्रकरणमा आफूमाथि छानविन गर्न सरकारलाई चुनौती दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले अफू नेतृत्वको सरकाले सक्कली भुटानी शरणार्थी समस्या समाधानका लागि सफा मनले कार्यदल गठन गरेको दाबी गरे । तर आफ्नो सरकार ढलेपछि वास्तविक दस्ताबेज लुकाएर नक्कली शरणार्थीहरूको सूची तयार गरेको आरोप लगाए ।
‘शरणार्थी प्रकरणमा राजनीति अभिष्ट पुरा गर्न सरकारले षड्यन्त्र गरिरहेको छ । यस विषयमा उतिबेलै उजुरी परेको रहेछ । दोषीलाई किन छुटाइयो ? किन गिरफ्तार गरिएन ?’, सरकारसँग उनले प्रश्न गर्दै भने, ‘म चुनौती दिन चाहन्छु यसमा मेरो संलग्नता कतै देखिए छनविन होस् । सक्कली दस्तावेजको कभर राखेर नक्कली सूची खडा गरिएको छ । एमालेलाई फसाउन खोजिएको छ । निर्दोष फसाउने काम हामीलाई सह्य हुँदैन । हामीले हेरेर बसेका छौं ।’
शरणार्थीको फाइल खोलेर सरकारले ठूलो काम गरको जस्तो हल्ला पिटिरहेको छ । सरकारले राम्रो काम गरेको नभइ आफै विष्फोट भएको ओलीको टिप्पणी थियो । शरणार्थी समस्या समाधानमा धन्यवाद दिनुपर्नेमा उल्टो आफूविरूद्ध आलोचना भएकोमा ओलीले गुनासो पोखे ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया