कान्तिपुर दैनिकको प्रधानसम्पादकमा चौहान

काठमाडौं । कान्तिपुर दैनिकको प्रधानसम्पदकमा उमेश चौहान नियुक्त भएका छन् ।
यसअघि सम्पादक रहेका चौहानलाई आज प्रधानसम्पादकमा नियुक्त गरिएको हो । चौहानको नियुक्तिसँगै प्रधानसम्पादक सुधिर शर्मा बिदा भएका छन् ।
अर्घाखाँचीका चौहानले त्यसअघि राष्ट्रिय दैनिकको सम्पादकीय नेतृत्व पनि सम्हालिसकेका छन् ।
रोडियो र टेलिभिजनको क्षेत्रमा पनि कार्यनुभव भएका उनले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया