अफगानिस्तानमा हेलिकप्टर दुर्घटना
काबुल । अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ ।
महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ ।
उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् । यद्यपि टोलोन्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुई जना पाइलटको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले भने अहिलेसम्म यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया