NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

चार शाखा अधिकृतको उपसचिवमा बढुवा

काठमाडौं । परराष्ट्र सेवाका चार जना शाखा अधिकृतको उपसचिवमा पदोन्नति भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधरमा चार जनाको बढुवा गरेको हो ।

पदोन्नति हुनेहरूमा हरिहर कान्त पौडेल, रन्जिता दाहाल, ऋषिराज आचार्य र सावित्रा ओली छन् ।

मन्त्रालयको बढुवा समितिले आइतबार बसेको बैठकबाट चार जना शाखा अधिकृतको उपसचिवमा बढुवा गरिएको जनाएको छ ।