NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

लुम्बिनीमा को-को भए मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले दाेस्राे पटक  मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेस, जपा र जसपाबाट एक/एक गरी तीन जना मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री हुनेमा  कांग्रेसका तर्फबाट राजु खनाल स्वास्थ्यमन्त्री, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री  छन् ।

यसै गरी, नागरिक उन्मुक्ति र लोसपाबाट पनि एक एक जना विनाविभागीय मन्त्री पनि नियुक्त गरिएको छ । जसमा नागरिक उन्मुक्तिका तर्फबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाबाट सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवनयिुक्त मन्त्रीहरुको पद तथा शपथ ग्रहण साँझ ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ । वैशाख १५ गते मुख्यमन्त्रीकाे शपथ लिएका चाैधरीले ४ सदस्य मन्त्रिपरिषद् गठन गरेका थिए ।