माधवले औंल्याए ओलीका तीनवटा कमजोरी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरूको अवमूल्यन गर्ने प्रवृत्तिलाई मुक्त हुन एमालेका अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् ।
सोमबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले ओलीमाथि टिप्पणी गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आइतबार सरकारमाथि खनिँदै नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए ।
‘ओलीको सबैभन्दा ठूलो समस्या व्यक्तिवादी हो । दोस्रो, आफूलाई सबैभन्दा सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। तेस्रो, अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो। यसबाट मुक्त हुनुपर्छ।’
ओलीप्रति लक्षित गर्दै उनले बनिसकेको सरकार कसरी हातबाट फुत्कियो भनेर प्रश्न गरेका छन् । पीडा र व्यथा बोकेरमात्र समस्या समाधान नहुने भन्दै उनले सरकारमा बस्न नसकेको दोष अरूलाई नदिन आग्रह गरे ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया