लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जर सम्झौता
काठमाडाैं । लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो ।
ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १:१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराईज बैंक लिमिटेड हुनेछ ।
लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत हुनेछन् भने बैंक गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।
दुवै बैंकको साधारणसभाले मर्जरको निर्णण पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ । सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य रहेको जनाइएको छ ।
यसअघि गत पुस २५ गते लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगडले मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक डा मनिष थापा र स्वति रुङ्गटा तथा सनराईज बैंकको तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दीपक नेपाल रहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया