मधेश प्रदेश सरकारबाट किन बाहिरियो माओवादी केन्द्र ?
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको कार्यशैलीप्रति असहमति जनाउँदै माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको छ ।
मंगलबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको सहमति विपरित मुख्यमन्त्री यादव हिँडेको आरोप लगाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यादवले सहमतिविपरित मन्त्रिमण्डल विस्तार गरेको, माओवादीलाई पेल्न खोजेको, सहयात्री दलहरू माओवादी, लोसपा र जपालाई सरकारबाट बाहिरिन बाध्य पारेको लगायत आरोप माओवादी नेताहरूलगाएका छन् ।
‘यसअघि माओवादी र लोसपालाई २/२ वटा मन्त्रालय दिने केन्द्रीय नेताहरूबीच सहमति भएको थियो’ माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले भने, ‘तर मुख्यमन्त्रीजीले हामीलाई पेलेरै जान खोज्नुभयो । आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएका जनमत पार्टीलाई समेत सरकारबाट हटाउन दबाब दिनुभयो । कांग्रेससँग मिलेर उहाँले महत्वपूर्ण मन्त्रालय भागबण्डा गर्नुभयो । जसपाको अपमान सहेर हामी सरकारमा बस्न चाहेनौं ।’
१०७ सदस्यी प्रदेश सभामा एमालेका २४, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ८ सांसद छन् । यसैगरी नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक÷एक जना सांसद छन् । यस्तै ४ जना स्वतन्त्र सांसद छन्।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया