नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित ३० जनाविरूद्ध मुद्दा दायर
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरूद्ध मुद्दा दाय गरेको छ ।
नेपाल सरकारका वहालवाला सचिव टेकनारायण पाण्डेसहित ३० जनालाई प्रतिवादी बनाएर आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
उनीहरूविरूद्ध सरकारी कागजात किर्ते, ठगी, राष्ट्रहितको विरूद्धको कसूर र संगठित अपराध मुद्दामा कारवाही गर्ने मागसहित मुद्दा दायर भएको छ ।
मुद्दा दायर हुनेमा एमाले सांसद टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वसभासद् आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, एमाले नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत छन् ।
हाल उनीहरूमध्ये १६ जना प्रक्राउ परिसकेका छन् भने १४ जना फरार सूचीमा छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया