नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिवसहित ३० जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरूद्ध मुद्दा दाय गरेको छ ।
नेपाल सरकारका वहालवाला सचिव टेकनारायण पाण्डेसहित ३० जनालाई प्रतिवादी बनाएर आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
उनीहरूविरूद्ध सरकारी कागजात किर्ते, ठगी, राष्ट्रहितको विरूद्धको कसूर र संगठित अपराध मुद्दामा कारवाही गर्ने मागसहित मुद्दा दायर भएको छ ।
मुद्दा दायर हुनेमा एमाले सांसद टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वसभासद् आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, एमाले नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत छन् ।
हाल उनीहरूमध्ये १६ जना प्रक्राउ परिसकेका छन् भने १४ जना फरार सूचीमा छन् ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया