क्यानाडा र साउदी अरबबीच पुन : कूटनीतिक सम्बन्ध स्थापना

ओटावा। क्यानाडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् ।
दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानाडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
क्यानाडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानाडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ ।
यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ । साउदी अरबको विदेश मन्त्रालयले पनि बुधबार यस्तै घोषणा गरेको छ । सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानाडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेकोे थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया