NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कांग्रेस रूपान्तरण अभियान : देउवाबाट सम्भव छैन, जनमतबाट राय लिन्छौं

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियान पक्षले बिहीबार मेधश प्रदेशबाट वृहत्त प्रदेशस्तरीय भेला सुरू गरेका छन् । वर्तमान देउवा नेतृत्वबाट कांग्रेस रूपान्तरण असम्भव भएको निष्कर्ष निकाल्दै पार्टीका तेस्रो पुस्ताका नेताहरूले अभियान सुरू गरेका हुन् । धनुषाको जनकपुरधाममा भएको भेलामा केन्द्रीय नेताहरू मधु आचार्य, चन्द्रमोहन यादव सहभागी थिए ।

त्यस्तै नेताहरू गुरूराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादवलगायत उपस्थित रहेका थिए । भेलालाई सम्बोधन गर्दै नेता जनदिश नरसिंह केसीले नेतृत्व परिवर्तनको बाटोमा पुग्नका लागि यात्रा सुरू भएको बताए ।

‘अहिलेको नेतृत्वबाट कांग्रेस रूपान्तरण सम्भव छैन’, उनले भने, ‘नेतृत्वमा मात्र होइन, संगठन, व्यवहार, कार्यशैली हरेकमा रूपान्तरण हुन जरूरी छ ।’

सत्यवादी राजा जनकद्वारा राज गरिएको ऐतिहासिक नगरी जनकपुरमा मधेश प्रदेशद्वारा आयोजना भएको कार्यक्रममा सहभागी भएर नेतृत्वप्रतिको वितृष्णाका बाबजुद कार्यकर्तामा देखिएको विचलनलाई सम्बोधन गरी राजनितिक मन्थन गर्न पाउँदा खुशीका साथै दुःखी भएको केसीले बताए ।

समयनुकुल नीतिका साथै नीति अनुरूप रणनीति, भातृ संस्थाहरूको पुनर्जीवन, अवसरको समानता, सन्तुलित विदेश नीति, सेवामुखी राजनीति, उधय्मशिल पार्टी सदस्य, व्यक्ति वा गुटकेन्द्रित राजनितिको अन्त्य लगायत यावत उदेश्य सहितको रूपान्तरण सफलताको उनले शुभकामना दिए ।

कांग्रेस रूपान्तरणका लागि राय संकलन गर्न सातै प्रदेशमा वृहत्त अभियान सुरू भएको उनले जानकारी गराए । पूर्वनिर्धारित कार्यक्रमअनुसार १६ गते बागमती प्रदेश, २० गते गण्डकी प्रदेश, २२ गते लुम्बिनी, २४ गते कर्णाली, २६ गते सुदूरपश्चिम र ३० गते कोशी प्रदेशमा वृहत्त भेला आयोजना हुनेछ ।

‘देशभर कार्यकर्तामाझ जान्छौं । उहाँहरूको राय सुझाव संकलन गर्छौं । त्यसपछि रूपान्तरण के केमा हुने भन्नेबारे निष्कर्षमा पुग्नेछौं । नेतृत्व पुरानै ढर्रामा गएको छ । विधानसमेत मानेका छैनन् । महाधिवशेन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा अहिलेसम्म भएको छैन । भातृसंगठनको अधिवेशन नभएको ७/८ वर्ष भयो । कोठामा बसेर नेतृत्व चयन गर्ने होइन कार्यकर्तामाझबाट हुनुपर्छ’, केसीले भने ।

भेलामा कांग्रेस रूपान्तरण अभियानको मुख्य एजेण्डामध्ये नक्कली भुटानी शरणार्थी एक भएको उनकाे भनाइ छ ।

‘यस विषयमा जोडतोडले कुरा उठेका छन्’, केसीले भने, ‘नकक्कली शरणार्थीमात्र होइन, सबै खालका भ्रष्टाचार अन्त्यकाे नेतृत्व कांग्रेसले गर्नुपर्छ ।’

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन् । खाँणलाई निलम्बन गर्न महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू आग्रह रहेपनि सभापति देउवाले कारवाही गर्न मानेका छैनन् ।

खाँणको बचाउ गर्दै उनले मिडिया र विचौलीयाले दोषी करार गरेको भरमा कारवाही नहुने तर्क देउवाले गरेका छन् । यस्तै देउवा पत्नी तथा सांसद डा. आरजु राणाँ र खाँणकी पत्नी तथा सांसद मज्जुसमेत विवादमा मुछिएपनि उनीहरूलाई प्रहरीले सोधपुछ गरेका छैनन् । उनीहरूलाई अनुसन्धान प्रक्रियामा सहभागी नगराइएकोमा पार्टीभित्र र बाहिर व्यापक असन्तुष्टी बढेको छ ।