तेस्रो चरणमा १० हजार कर्मचारी कटौती गर्दै फेसबुक

एजेन्सी । अर्बपति मार्क जुकरबर्गको नेतृत्वमा रहेको कम्पनी मेटामा फेरि सेयर अफ फेज सुरु भएको छ। कम्पनीले तेस्रो चरणमा १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेका छन् । यसभन्दा अघि कम्पनीले पहिलो चरणमा ११ हजार र दोस्रो चरणमा १० हजार कर्मचारी कटौती गरिसकेको छ ।
बिजनेश टुडेका अनुसार मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले मार्च २०२३ मा कम्पनीको दोस्रो चरणको कटौतीको बारेमा बताएका थिए । त्यतिबेला नै उनले तेस्रो चरणको कर्मचारी कटौती हुने संकेत गरेका गरेका थिए ।
पहिलो, दोस्रो र तेस्रो चरणमा यति धेरै कर्मचारी हटाउने यो पहिलो ठूलो प्राविधिक कम्पनी बनेको छ । कर्मचारी कटौतीले कम्पनीका विभिन्न सेक्टरमा काम गर्ने कर्मचारीलाई असर गर्ने अपेक्षा गरिएको छ ।
केही कर्मचारीहरूले LinkedIn मा भनेअनुसार मार्केटिङ, बिक्री, साइट सुरक्षा, कार्यक्रम व्यवस्थापन, सामग्री वर्ग र कर्पोरेट संचार क्षेत्रका टोलीलाई असर पुगेको छ । अहिले धेरै मानिसहरूले आफ्नो जागिर गुमाएका छन्।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया