व्यवस्था फेरिए, अवस्था फेरिएन : मुख्यमन्त्री जम्कट्टेल
मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिए । उनले व्यवस्था फेरिए पनि अवस्था नफेरीएकामा चिन्ता व्यक्त गरे ।
‘सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन् भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, अब काम गर्ने तौरतरिका फेरिनुपर्छ’, मुख्यमन्त्री जम्कट्टेलले भने । ‘हामी सबै मानवअधिकार मैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तर विरोधी हुने खालको कामको अन्त्य गरिनुपर्छ’, उनले भने ।
उनले प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकाले उल्लेख गर्दै समावेशी रुपमा काम गर्न नीतिमा केही समस्या रहेको बताए । उनले भने, ‘आर्थिक, सामाजिक, राजनीतिक लगायतमा सहजता भए पनि कार्यान्वयनमा समस्या छ । ’ आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मानवअधिकारका विषयमा आफ्नो भनाइ राखेका थिए ।
ताजा अपडेट
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी


प्रतिक्रिया