५० हजार रूपैयाँ घुस लिएपछि वडाध्यक्ष र सचिवविरूद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित जनकपुर उपमहानगरपालिका वडा नंबर ११ का वडाध्यक्ष र सचिवविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडाध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायले सेवाग्राहीबाट ५० हजार रूपैयाँ घुस लिसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।
उनीहरू द्वयले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुल्चुकाको रोहबरमा दस्तखत गर्न घुस माग गरिरहेको भन्ने उजुरी परेको थियो । सोही सूचनाको आधारमा आयोगको बर्दिबासको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा फेला पारेको हो ।
आयोगको अनुसन्धानमा उनीहरूले मिलेमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुल्चुकाको रोहबरमा सहिछाप गर्न घुस लिएको पुष्टि भएको छ ।
दुवैलाई ५० हजार रूपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
सुप्रिम सहकारीको ठगीमा जिबी राईसँगै गाउँपालिका उपाध्यक्ष पनि फरार
-
सुदुरपश्चिममा मुख्यमन्त्री चुन्न फेरि समस्याः समाजवादीका सोडारी एमालेलाई अस्वीकार्य !
-
प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी यूएइ
-
सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश
-
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ जनाको मृत्यु
प्रतिक्रिया