५० हजार रूपैयाँ घुस लिएपछि वडाध्यक्ष र सचिवविरूद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित जनकपुर उपमहानगरपालिका वडा नंबर ११ का वडाध्यक्ष र सचिवविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडाध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायले सेवाग्राहीबाट ५० हजार रूपैयाँ घुस लिसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।
उनीहरू द्वयले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुल्चुकाको रोहबरमा दस्तखत गर्न घुस माग गरिरहेको भन्ने उजुरी परेको थियो । सोही सूचनाको आधारमा आयोगको बर्दिबासको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा फेला पारेको हो ।
आयोगको अनुसन्धानमा उनीहरूले मिलेमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुल्चुकाको रोहबरमा सहिछाप गर्न घुस लिएको पुष्टि भएको छ ।
दुवैलाई ५० हजार रूपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया