नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी छिन् ।
उनलाई आज पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
यसअघि प्रहरीले यो प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको थियो । महर्जनसहित पक्राउ पर्नेको संख्या १७ भएको छ । त्यस्तै, प्रहरीको फरारमा सूचिमा रहनेहरूको संख्या १३ छ ।
प्रहरीले आफ्नो पहिलो चरणको अनुसन्धान सकेपछि यो प्रकरणमा ३० जनाविरूद्ध जिल्ला सरकारी वकिलको कार्यायले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया