भ्रष्टाचारको फाइल एमालेतर्फ फर्काउन खोजियो, जड्याहाले पनि नबोल्ने कुरा संसदमा बाेले : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार काण्डको विभिन्न प्रकणरमा एमालेलाई जोडेर बदनाम गर्न खोजिएको बताएका छन् ।
शुक्रबार पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले शरणार्थी प्रकरणमा एमालेलाई मुछेर चौतर्फी घेरावन्दी गरेको जिकिर गरे ।
‘नक्कली शरणार्थी बनाएर विदेश पठाउँने धन्धामा केही व्यक्ति सामेल रहेछन् । तर, त्यसको सबैबाढी अहिले एमालेतर्फ फर्काउन खोजियो। मिडिया सामाजिक सञ्जालमा नआए पनि यो आयो भनेर एमालेका विरुद्ध हावाहुरी चलाएको छ । एमाले यसमा कहिँ कतै संलग्न छैन,’ उनले भने ।
यसैगरी उनले पशुपतिको जलाहरीमा एमालेले भ्रष्टाचार गरेको आरोपको खण्डन गर्दै तथ्यहीन आरोपको पछि नलाग्न आग्रह गरे । देशका कोही इमान्दार छैनन् भन्ने तथ्य स्थापित गरेर देशप्रति नै वितृष्णा जगाउने र प्रकारान्तरले देशद्रोही काम भएको उनले बताए।
‘एक जना माओवादी सांसदले रोष्टममा उभिएर पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी हालेर भ्रष्टाचार गर्यो भनेर बोले,’ उनले भने, ‘हुनैपर्छ संसद अवरूद्ध, किनभने यस्तो बकवास जँड्याहाँले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन।’
त्यस्तै संसद्जस्तो गरिमामय ठाउँमा कोभिड १९ का बेला औषधी उपकरण खरिद्मा दुई अर्ब खाएको भन्ने आरोप लगाएको भन्दै उनले आक्रोश पोखे।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया