गौ हत्या गर्नेलाई सेवा निषेध, जानकारी दिनेलाई १५ हजार पुरस्कार

बाँके । जिल्लाको नरैनापुर गाउँपालिकाले गौ हत्याको घटना रोक्न कडाइ गर्न थालेको छ । गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र गौहत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय भएको गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताए ।
अध्यक्ष शाहका अनुसार, गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरुप रु १५ हजार नगद उपलब्ध गराउने निर्णय भएको छ ।
गाउँपलिकाले यससम्बन्धी कानूनीरूपमै मान्यताका लागि नीति तथा कार्यविधि निर्माणको तयारी गरेको छ ।
गौ हत्या नियन्त्रण गर्नसम्बन्धी सुरक्षाकर्मीहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले सो सम्बन्धमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई मानिन्छ । नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ ।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया