बानेश्वरमा कुटिए युवराज सफल
काठमाडौं । रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर गरेर चर्चामा आएका युवराज सफलमाथि कुटपिट भएको छ ।
काठमाडौंको नयाँबानेश्वरमा आयोजित कार्यक्रममा सहभागी सफलमाथि एउटा समूहले शनिबार कुटपिट गरेको हो ।
स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन पुगेका सफललाई युवाहरूको समूहले जिस्काएको थियो । नाराबाजी गर्दै उनीहरूले भनेका थिए– युवराज सफल चोर हो, फटाहा हो ।’
आफूविरुद्ध नाराबाजी भएलगत्तै सफलले प्रतिक्रिया जनाएका थिए । त्यसपछि बसेर नाराबाजी गरिरहेका युवाहरूको समूह ‘तिम्रोबारे बोल्न हुन्न’ भन्दै आक्रमणमा उत्रिएका थिए ।
प्रहरीले आक्रमणमा संलग्न सोम शर्मा र विप्लव खड्कालगायतलाई नियन्त्रणमा लिएको छ ।
रविविरुद्ध श्रृंखलाबद्ध रूपमा मुद्दा दायर गरेपछि सफल विवादमा र चर्चामा रहँदै आएका छन् । शुक्रबार मात्रै एक टेलिभिजन कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध यज्ञ न्यौपानेमाथि हातपात गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया