बानेश्वरमा कुटिए युवराज सफल
काठमाडौं । रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर गरेर चर्चामा आएका युवराज सफलमाथि कुटपिट भएको छ ।
काठमाडौंको नयाँबानेश्वरमा आयोजित कार्यक्रममा सहभागी सफलमाथि एउटा समूहले शनिबार कुटपिट गरेको हो ।
स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन पुगेका सफललाई युवाहरूको समूहले जिस्काएको थियो । नाराबाजी गर्दै उनीहरूले भनेका थिए– युवराज सफल चोर हो, फटाहा हो ।’
आफूविरुद्ध नाराबाजी भएलगत्तै सफलले प्रतिक्रिया जनाएका थिए । त्यसपछि बसेर नाराबाजी गरिरहेका युवाहरूको समूह ‘तिम्रोबारे बोल्न हुन्न’ भन्दै आक्रमणमा उत्रिएका थिए ।
प्रहरीले आक्रमणमा संलग्न सोम शर्मा र विप्लव खड्कालगायतलाई नियन्त्रणमा लिएको छ ।
रविविरुद्ध श्रृंखलाबद्ध रूपमा मुद्दा दायर गरेपछि सफल विवादमा र चर्चामा रहँदै आएका छन् । शुक्रबार मात्रै एक टेलिभिजन कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध यज्ञ न्यौपानेमाथि हातपात गरेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया