घानामा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु
आक्रा । घानाको सभाना क्षेत्रमा डुंगा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् ।
राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताए अनुसार केपान्डाई जाँदै गरेको डुंगा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।
रूखमा ठोक्किएपछि डुङ्गा डुबेको बएडम्सले बताएका छन् । घटनास्थलबाट पाँचवटा शव निकालिएको छ । उक्त डुङ्गाका यात्रुको निश्चित संख्या पुष्टि हुन बाँकी छ ।
खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया