घानामा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु
आक्रा । घानाको सभाना क्षेत्रमा डुंगा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् ।
राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताए अनुसार केपान्डाई जाँदै गरेको डुंगा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।
रूखमा ठोक्किएपछि डुङ्गा डुबेको बएडम्सले बताएका छन् । घटनास्थलबाट पाँचवटा शव निकालिएको छ । उक्त डुङ्गाका यात्रुको निश्चित संख्या पुष्टि हुन बाँकी छ ।
खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया