१५ प्रतिशत जनसंख्या गरिबीको रेखामूनि
काठमाडाैं । नेपालको कुल जनसंख्याको १५.१ प्रतिशत जनसंख्या गरिबीको रेखामूनि रहेको अनुमान गरेको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महत्तद्वारा पेश भएको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० मार्फत सो अनुमान गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.७ प्रतिशत रहेको थियो ।
बहुआयामिक गरिबीको रेखामुनि १७.४ प्रतिशत जनसंख्या रहेको छ । जसममा बहुआयामिक गरिबी ग्रामीण भेगमा २८ प्रतिशत र शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ ।
प्रदेशगतरूपमा बहुआयामिक गरिबीमा उच्च विषमता रहेको देखिन्छ। प्रदेशगत जनसङ्ख्यामध्ये बहुआयामिक गरिबी कर्णालीमा सबैभन्दा बढी ३९.५ प्रतिशत र बागमतीमा सबैभन्दा कम ७ प्रतिशत रहेको छ।
गरिबीको अवस्थामा रहेका वर्गको वास्तविक विवरण तयार गरी गरिबी र आय असमानता न्यूनीकरण गर्न गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण जस्ता विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया