महामन्त्री पद जाओस्, कांग्रेस सुधारको काम रोकिदैन : थापा
काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले बेगका साथ पार्टी सुधारमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । पार्टी सुधारका लागि जोखिम उठाउँदा महामन्त्री पद धरामपमा परेपनि आफू तयार भएको उनले बताए ।
‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ’, सामेबार ललितपुरमा आयोजित कार्यक्रममा थापाले भने, ‘म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्। सदस्य मात्रै भएर बस्न परे बसुँ।’
गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो र पार्टीलाई सच्याउन सकियो भने आगामी दिनमा कसैले पनि बेगलाई रोक्न नसक्ने उनले जिकिर गरे ।
‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याएर जनमुखि काम गर्न सकियो भने हाम्रो बेगलाई कसैले रोक्न सक्दैन, नयाँ पुराना कोहीसँग डराउन पर्दैन। तर पार्टीमा जहाँ रोग लागेको छ त्यहाँ उपचार गर्नुपर्छ,’ थापाले भने ।
पार्टीभित्र देखिएका समस्या समाधानका लागि आफूलाई साथ दिन उनले आग्रह गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया