पदाधिकारीलाई इन्धन नदिने, पैसा दिने नीतिको थालनी
काठमाडौं । सरकारले सवारी साधन पाउने पदाधिकारीलाई अबबाट इन्धन नदिने भएको छ । तोकिएको इन्धन बराबर हुनेगरी रकम भुत्तानी गर्ने प्रावधान सरकारले बजेटमार्फत ल्याएको हो ।
सरकारी कार्यालयबाट जथाभावी इन्धनको दुरुपयोग बढेपछि त्यसलाई नियन्त्रण गर्न यस्तो प्रस्ताव ल्याएको हो ।
यसअघि सरकारले सचिवका लागि मासिक ७० लिटर इन्धनको कोटा तोकेको थियो । तर इन्धन प्रयोगमा दुरुपयोग भएपछि तलब भुत्तानी हुँदा एकै पटक ७० लिटर बराबरको रकम भुत्तानी गर्ने निर्णय गरेको हो ।
यस्तो प्रयासले चालुखर्चमा सुधार आउने अर्थमन्त्री प्रकाशशरण महतको बुझाई छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया