NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

भारतीय नक्सामा नेपाली भूभाग, बाबुरामले जनाए आपत्ति

काठमाडौं । भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपाललगायत छिमेकी मुलुकको भूमि समावेश गरेको  पाइएको छ । छिमेकीको भूमि भारतले आफ्नो नक्सामा राखेपछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् ।

यसबारे एक ट्विट गर्दै भट्टराईले भारतको यस्तो रवैयाले छिमेकीसँगको सम्बन्ध बिग्रन सक्ने आशंका गरे । यसबारे भारतीय नेतृत्वले जवाफ दिनुपर्ने भट्टराईको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । जसमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको रूपन्देही र कपिलवस्तु जिल्ला तथा पाकिस्तानको तक्षशीलालाई समेटिएको छ ।

‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाललगायतका छिमेकमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद सिर्जना गर्न सक्छ,’ भट्टराईले ट्विट गरेका छन् ।