भारतीय नक्सामा नेपाली भूभाग, बाबुरामले जनाए आपत्ति
काठमाडौं । भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपाललगायत छिमेकी मुलुकको भूमि समावेश गरेको पाइएको छ । छिमेकीको भूमि भारतले आफ्नो नक्सामा राखेपछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् ।
यसबारे एक ट्विट गर्दै भट्टराईले भारतको यस्तो रवैयाले छिमेकीसँगको सम्बन्ध बिग्रन सक्ने आशंका गरे । यसबारे भारतीय नेतृत्वले जवाफ दिनुपर्ने भट्टराईको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । जसमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको रूपन्देही र कपिलवस्तु जिल्ला तथा पाकिस्तानको तक्षशीलालाई समेटिएको छ ।
‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाललगायतका छिमेकमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद सिर्जना गर्न सक्छ,’ भट्टराईले ट्विट गरेका छन् ।

ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया