प्रधानमन्त्रीको भारत भ्रमणअघि ओली – नक्सा सच्याउनुस् भन्न नसक्ने हो भने किन जाने ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपालको भूमि समावेश गरेको विषयको विरोध गरेका छन् ।
आफूलाई विश्वकै नमुना लोकतान्त्रिक भन्ने भारतले यस्तो व्यवहार गर्न नसुहाउने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा उनले यसबारे प्रधानमन्त्रीले स्पष्ट रूपमा कुरा राख्नुपर्ने बताए । नक्सा परिवर्तनबारे विषय राख्न नसक्ने हो भने उनले प्रधानमन्त्री प्रचण्डलाई भारत नजान सुझाएका छन् ।
‘प्रधानमन्त्री भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुहोस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ,’ उनले भने, ‘त्यत्ति कुरा गर्न सक्नुहुन्न भने अनि भारत भ्रमणमा किन जाने ? किन जाने ?’
भारतले आफ्नो नवनिर्मित संसद भवनमा नेपाललगायत छिमेकी मुलुकको पनि भूमि समावेश गरेको छ । जसमा नेपालको रूपन्देही र कपिलवस्तु जिल्लासँगै पाकिस्तानको तक्षशीलालाई समेटिएको छ ।
यो विवादस्पद नक्साबारे अहिले राजनीतिक वृत्तामा चर्को विरोध भइरहेकोछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया