NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आज भारत जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड; आज भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड चारदिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् ।

पाँच महिनाअघि तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।

परराष्ट्र मन्त्री एनपी साउदले पत्रकार सम्मेलन गर्दै भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसको तालिका, एजेण्डा, प्राथमिकता र प्रतिनिधिमण्डलको टुंगो लागिसकेको जानकारी दिए ।

भ्रमण टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी, कृषि सम्झौतालगायत भ्रमणको मुख्य एजेण्डा रहेको बताइएको छ ।

भ्रमण दौरान उनले भारतीय समकक्षी नरेन्द्र मोदीलगायत व्यक्तिसँग राजनीतिक भेटघाट पर्ने गर्ने कार्यक्रम छ ।