आज भारत जाँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड; आज भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड चारदिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् ।
पाँच महिनाअघि तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।
परराष्ट्र मन्त्री एनपी साउदले पत्रकार सम्मेलन गर्दै भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसको तालिका, एजेण्डा, प्राथमिकता र प्रतिनिधिमण्डलको टुंगो लागिसकेको जानकारी दिए ।
भ्रमण टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी, कृषि सम्झौतालगायत भ्रमणको मुख्य एजेण्डा रहेको बताइएको छ ।
भ्रमण दौरान उनले भारतीय समकक्षी नरेन्द्र मोदीलगायत व्यक्तिसँग राजनीतिक भेटघाट पर्ने गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया