सार्वजनिक कार्यक्रममा अकस्मात बाइडेन लडेपछि… (भिडियोसहित)
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन एउटा सार्वजनिक कार्यक्रममा अकस्मात लड्न पुगेका छन् । कोलोराडोमा एयर फोर्स एकेडेमीले बिहीबार आयोजना गरेको कार्यक्रममा बाइडन लडेका हुन् ।
उक्त एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधनपछि बाइडन क्याडेटसँग हात मिलाउँदै आफ्नो आसनतर्फ जान लागेका थिए । त्यही बेला उनी भुइँमा पछारिएका हुन् ।
भुईँमा पछारिएका उनी वायुसेनाका अधिकारीहरूको सहयोगमा उठेका थिए ।
समाचारहरूमा जनाइएअनुसार, बाइडन एउटा वस्तुमा अल्झिएका थिए ।
राष्ट्रपति लडे पनि उनलाई कुनै चोट नलागेको र अवस्था ठीक रहेको ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्विटमार्फत बताएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया