बिग्रन लागेको परिस्थिति मोदीलाई तीन पटक भेटेर सम्हालेँ : प्रचण्ड
काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिग्रन लागेको परिस्थितिलाई आफ्ना भारतीय समकक्षी मोदीसँग भेटेर सुधारेको बताएका छन् ।
शुक्रबार बिहान नयाँदिल्लीमा उपलब्ध नेपाली सञ्चारमाध्यमका सम्पादकसँग कुराकानी गर्दै प्रचण्डले भ्रमणको सुरुवातमा बिग्रिएको परिस्थितिलाई मोदीसँग तीन पटक एक्लाएक्लै भेटेर सम्हालेको बताएका हुन् ।
‘‘मोदीसित हिजो मेरो तीन पटक एक्लाएक्लै भेट भयो । त्यसले बिग्रेलाजस्तो भएको कुरा मिल्यो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक पत्रकारले भने ।
भेटमा प्रचण्डले आफ्नो भारत भ्रमण धेरै राम्रो भएको र यसले ठूलो कुराको सुरुवात भएको दाबी पनि गरेका छन् ।
सीमाबारे मोदीले मुख खोल्नुलाई उनले ठूलो उपलब्धिको रूपमा ब्याख्या गरे ।
चारदिने भारत भ्रमणका लागि प्रचण्ड नेतृत्वको टोली जेठ १७ मा नयाँदिल्ली पुगेको थियो । भ्रमण दौरान विभिन्न सात सम्झौता भएको छ ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया