२० वर्ष कान्छी बलिउड मोडललाई डेट गर्दै लियोनार्दो
एजेन्सी । टाइटानिक फेम हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो आजकल आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छन् । ४८ वर्षीय लियोनार्दो भारतीय मूलकी २८ वर्षीय मोडल नीलम गिलसँग डेट गरिरहेका छन् ।
उनीहरूद्वय लन्डनको एक रेस्टुरेन्टमा डिनर गर्दै गरेको अवस्थामा देखिएका थिए । डिनरमा अभिनेताकी आमा र उनका केही साथीहरु पनि थिए । त्यसयता दुवैको डेटिङको हल्ला चल्न थालेको हो ।
नीलम बेलायतमा जन्मिएकी हुन् । उनका हजुरबा हजुरआमा भारतमा जन्मिएका थिए। पञ्जाबको सिख परिवारकी उनी आफूलाई ब्रिटिस/पन्जाबी मोडलको रूपमा चिनाउछिन्। उनी १४ वर्षको उमेरदेखि नै मोडलिङ गर्दै आएकी हुन्। नीलमले आफ्नै युट्युब च्यानल पनि चलाउँछिन्, जसमा उनी बुलिङ, डिप्रेसन र आत्मविश्वास जस्ता विषयहरूबारे कुरा गर्छिन्।
नीलम गत महिना फ्रेन्च रिभिएरामा भएको कान्स फिल्म फेस्टिभलमा पनि सहभागी भइन् । लियोनार्दो पनि आफ्नो फिल्म ‘किलर्स अफ द फ्लावर मुन’ को स्क्रिनिङको लागि महोत्सवमा सहभागी भएका थिए।
नीलमभन्दा पहिले लियोनार्दोको नाम धेरै अभिनेत्रीसँग जोडिएको छ । उनले यसअघि क्यामिला मोरोनसँग डेट गरिसकेका छन्। एकअर्कालाई ४ वर्ष डेट गरेपछि गत वर्ष यी दुईको ब्रेकअप भएको थियो । त्यसपछि उनको नाम सुपर मोडल जिजी हेडिडसँग पनि जोडिएको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया