बीवाइडीको ब्याट्री व्यवस्थापनमा प्रतिबद्धता

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनका विषयमा बजेटमार्फत सम्बोधन गरेको छ । त्यसलाई बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएको जनाएको छ ।
कम्पनीले नविन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्न समाज र राष्ट्रप्रति सधैँ उत्तरदायी भएर काम गर्दै आएको बताएको छ । भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्दै जाने कम्पनीको प्रतिबद्धता छ ।
विद्युतीय साधनको सबैभन्दा चुनौतीपूर्ण मानिएको ब्याट्री व्यवस्थापन गर्न निरन्तर लागिरहेको कम्पनीको भनाइ छ ।विद्युतीय साधनको सबैभन्दा चुनौतीपूर्ण मानिएको ब्याट्री व्यवस्थापन गर्न कम्पनी निरन्तर लागि रहेको छ ।
सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कयौं तरिका छन् । पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रि–साइकलको लागि बाहिर पठाउने विषयमा कम्पनीले सम्पूर्ण तयारी गरेको छ । कम्पनीले हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम रहेको प्रतिबद्धता ब्यक्त गरेको छ । यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने कम्पनीको विश्वास रहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया