सरकारले नागरिकता विधेयकलाई रोकोस्, संशाधन गरोस् – परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता विधेयक प्रमाणीकरणबारे सरकारसँग जवाफ माग गरेका छन् ।
आज संसदमा शूल्य समयमा बोल्दै उनले यो नागरिकता विधेयक जनतालाई नागरिकता दिन नभएर अर्कै प्रयोजनका लागि ल्याइएको आरोप लगाएका छन् ।
‘नागरिता नेपालको राजनीतिक समस्या हो । यसले मधेशमका धरै जनता प्रभावित भएका छन्,’ उनले भने, ‘जुन विधि तरिकाबाट सरकारले यसलाई पारित गर्यो, यो जनतालाई नागरिकता दिन नभएर अर्कै प्रयोजनका लागि ल्याइएको हो ।’
उनले राष्ट्रपतिले प्रमाणीकरण गरेको यो नागरिकता विधेयकमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन नरहेको बताए । नेपालको सुरक्षा, मानव अधिकार र भू राजनीतिसँग पनि जोडिएको विषय भएकाले सरकारले यसलाई रोक्नुपर्ने र संशोधन गर्नुपर्ने उनले बताए ।
‘हामी टुलुटुलु हेरेर बस्दैन, संघर्ष गर्न तयार छौं । सरकारले यसको जवाफ दिनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया