आफ्नै महिला कर्मचारीमाथि एसएसपीले गरे यौन दुर्व्यवहार

काठमाडौं । कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीका उच्च तहका अधिकारीले आफ्नै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका छन् । अपराधजन्य गतिविधि गर्ने ती अधिकारीलाई सामान्य कारबाही गरेर जोगाउने चलखेल प्रहरीभित्र भइरहेको छ ।महेन्द्रनगरस्थित नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी योगबहादुर पालले गत शुक्रबार सहायक हवल्दारमाथि दुर्व्यवहार गरेका हुन् । घटनापछि उनलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ, तर संवेदनशील विषयमा कानुनी प्रक्रिया अझै अघि बढाइएको छैन । विभागीय कारबाही मात्र गर्ने तयारी भइरहेको स्रोत बताउँछ ।
पीडित महिला प्रहरीको उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर अध्ययन गरिरहेको छ । तर, उनीविरुद्ध जाहेरी दर्ता गर्ने कानुनी प्रक्रिया भने सुरु भएको छैन । घटनाको तीन दिन हुँदासम्म प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बनको प्रक्रियासमेत सुरु गरेको छैन भने एसएसपीभन्दा तल्लो तहका अधिकृतको नेतृत्वमा छानबिन गरेको छ । प्रहरी प्रधान कार्यालयबाट छानबिन तथा कारबाहीको प्रक्रिया नै सुरु भएको छैन । पीडित महिला प्रहरीलाई समेत जाहेरी नदिन दबाब पर्न थालेको स्रोत बताउँछ ।प्रहरीका प्रवक्ता कुवेर कडायतले एसएसपी पाललाई केही विषयमा बुझ्नका लागि भनेर प्रहरी प्रधान कार्यालय तानिएको, तर घटनाको विस्तृत विवरण आइनसकेको बताए ।
छानबिन समितिले अनुसन्धान गरिरहेको छ । एक महिला प्रहरीको निवेदन परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भरतबहादुर बोहराले पुष्टि गरे । ‘महिला प्रहरीको निवेदनउपर छानबिन भइरहेको छ, छानबिन प्रतिवेदनपछि के हो भन्ने प्रस्ट होला ।’ एसएसपी पाल विगतमा पनि यस्ता घटनामा संलग्न भई उन्मुक्ति पाउँदै आएका अधिकारी हुन् । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
डेंगु संक्रमण बढेपछि ‘खोज र नष्ट गर’ अभियान
-
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
-
सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का
-
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
-
बालेनले गाडीमा जान नदिएपछि राष्ट्रपतिदेखि प्रधानन्यायाधीश हिँडेरै पुगे इन्द्रजात्रा हेर्न वसन्तपुर
प्रतिक्रिया