अर्थमन्त्रीलाई ओलीले सोधे – संकटको अवस्था टार्ने चावनप्रास छ ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/८१को बजेट वक्तव्यमाथि टिप्प्णी गर्दै यो संसदमामात्रै नएभएर परिणाममुखी हुनुपर्ने बताएका छन् ।
चालु आर्थिक वर्षको बजेट परिणाममुखी नभएको र पूर्ण रूपमा फेल भएको बताउँदै उनले यस्तो भनेका हुन् ।
अर्थतन्त्रलाई रिकभर गर्नका लागि सरकारसँग कुनै योजना नभएको उनकाे दाबी छ । उनले रोष्टमबाट अर्थमन्त्री डा प्रकाशशरणा महतलाई सोधे, ‘संकटग्रस्त अर्थतन्त्रलाई रिकभरी गर्ने चावनप्रास छ तपाईंसँग ?’
चालु आर्थिक वर्षमा ८ प्रतिशतले आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्यप्रति उनले व्यंग्य कसे । व्यवहारमा दुई प्रतिशत पनि नभएको भन्दै चालु वर्षको बजेटले लड्डु ल्याएको बताए ।
अहिलेको बजेटले ल्याएको लक्ष्य पूरा हुन्न्छ कि हुँदैन भनेर अर्को वर्ष परिणाममा हेर्न उनको चेतावनी छ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया