सामसङको नयाँ सर्भिस सेन्टर मध्यबानेश्वरमा
काठमाडौं । सामसङले काठमाडौंको मध्यबानेश्वरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यो सर्भिस सेन्टर सामसङको २१औं सर्भिस सेन्टर हो ।
नयाँ सर्भिस सेन्टर शुभारम्भ कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङजुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आईएमएसका सेल्स हेड कैलाश अइयरको समेत सहभागिता रहेको थियो ।
बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकका लागि निरन्तर रूपमा ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यका भित्र ५ र उपत्यका बाहिर १५ वटा गरी कुल २० वटा सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको कम्पनीको भनाइ छ ।
बानेश्वरमा शुभारम्भ गरिएको २१औं सर्भिस सेन्टरबाट पनि ग्राहकलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । यस सर्भिस सेन्टरबाट बानेश्वर लगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कम्पनीले बताएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया