NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गाँजाको अनुसन्धान गर्ने बुद्धि कहाँबाट आउँछ ? – ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्राथामिकता गाँजा नभएको जिकिर गरेका छन् । आज संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबारे बोल्दै उनले सरकारले औषधीय प्रयोजनका लागि गाँजा खेतीको अनुसन्धान गर्न लिएको नीतिबारे विरोध गरेका हुन् ।

राजश्व संकलन गर्न सकिनँ भनेर दातृ निकायसँग गुहार माग्ने सरकारले गाँजा औषधिय प्रयोजनमा मात्रै प्रयोग हुने कुराको ग्यारेन्टी गर्न नसक्ने उनको दाबी छ । ‘भन्सारबाट ट्रकमा के ल्याइएको छ भनेर थाहा नहुने र रोक्न पनि नसक्ने सरकारले देशभरीका कुना काम्चामा के भइरहेको छ भनेर हेर्छ? ,’ उनले भने ।

उनले मुलुकको प्राथामिकतातर्फ ध्यान दिन सरकारलाई सुझाएका छन् ।

पयर्टन प्रवद्र्धन, उद्योगको विकास, काबोर्न विसर्जनलगायत नभएर गाँजा उपादनमा नेपाललाई आत्मनिर्भर बनाउने र गाँजा निकासी गरेर व्यापार घाटा कम गर्ने सरकारको दीर्घकालिन योजनाको सुरुवात भएको हो कि जस्तो लागेको उनले बताए ।

खाना खान नपाएर मान्छे मरिरहेको अवस्थामा गाँजा खाएर भेट भरिन्छ ? भन्दै उनले प्रश्न गरे । ‘यस्तो बुद्धि कहाँबाट आउँछ ? काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर,’ उनले भने ।

गाँजा खेतीलाई सरकारले नियमन गर्न सक्नेमा पनि उनले शंका गरेका छन् । ‘म सरकारलाई सोध्न चाहन्छु । रेगुलेट गर्न सक्नुहुन्छ ?,’ उनले भने। अहिले अनधिकृतलाई त नियमन गर्न नसकिएको अवस्थामा आधिकारिकता दिएपछि कसरी गर्ने भन्दै उनले शंका गरेका हुन् ।