अफगानिस्तानमा विष्फोट, प्रान्तीय गभर्नरसहित दुई जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको प्रान्तीय राजधानी फैजाबादमा मङ्गलबार भएको विष्फोटमा परी डेपुटी गभर्नरसहित दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कारी माजुद्दिन अहमदीका अनुसार फैजाबाद शहरमा भएको विस्फोमा बदख्सान प्रान्तका डेपुटी गभर्नर मौलावी निसार अहमद अहमदीसहित दुई जनाको मृत्यु भएको छ र अन्य छ जना घाइते भएका छन् । घाइते सबैलाई अस्पताल लगिएको छ ।
स्थानीय समयअनुसार बिहान ०८ः१५ बजे फैजाबाद शहरको चराही महकामा क्षेत्रमा कार बम विष्फोट भएको हो । घातक हमलाको जिम्मेवारी लिने कुनै समूहको बारेमा जानकारी सार्वजनिक गरिएको छैन ।
ताजा अपडेट
-
माधव नेपालको सांसद पद निलम्बित भएको संसदमा जानकारी
-
भिजिट भिसा प्रकरणमा गृहमन्त्री र कर्मचारी संलग्न भएको यथेष्ट प्रमाण रहेको रास्वपाको दाबी
-
संसद्मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन
-
संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आन्दोलन जारी रहन्छ : रास्वपा
-
अनुसन्धान प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छः गृहमन्त्री लेखक
प्रतिक्रिया