करिम बेन्जिमा साउदी क्लब अल इतिहादमा अनुबन्धित
काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जिमा पनि साउदी अरेबियाको क्लबमा अनुबन्धित भएका छन् । स्टार खेलाडीहरू साउदी क्लबमा अनुबन्ध भइरहेका बेला बेन्जिमा त्यहाँको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका हुन् ।
३५ वर्षीय बेन्जिमा तीन वर्षका लागि उक्त क्लबमा अनुबन्धित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि बेन्जिमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडमा आबद्ध थिए । उनले यो क्लबबाट १४ वर्ष खेले ।
सन् २००९ मा लियोनबाट रियल आएका बेन्जिमा त्यहाँ रहँदा रियलले ५ च्याम्पियन्स लिग र ४ ला लिगा उपाधि हात पारेको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया