करिम बेन्जिमा साउदी क्लब अल इतिहादमा अनुबन्धित

काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जिमा पनि साउदी अरेबियाको क्लबमा अनुबन्धित भएका छन् । स्टार खेलाडीहरू साउदी क्लबमा अनुबन्ध भइरहेका बेला बेन्जिमा त्यहाँको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका हुन् ।
३५ वर्षीय बेन्जिमा तीन वर्षका लागि उक्त क्लबमा अनुबन्धित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि बेन्जिमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडमा आबद्ध थिए । उनले यो क्लबबाट १४ वर्ष खेले ।
सन् २००९ मा लियोनबाट रियल आएका बेन्जिमा त्यहाँ रहँदा रियलले ५ च्याम्पियन्स लिग र ४ ला लिगा उपाधि हात पारेको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया