NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर २७ गते

महिला तथा सामाजिक मामिला समिति सदस्यमा कंसाकार मनोनीत

काठमाडौं । प्रतिनिधिसभामा सदस्य बिन्दवासिनी कंसाकार महिला तथा सामाजिक मामिला समितिमा मनोनीत भएकी छन् ।

उनी  राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सदस्यका रुपमा सांसद बनेकी हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम सभामुख देवराज घिमिरेले सांसद कंसाकारलाई समिति सदस्यमा मनोनयनका लागि प्रस्ताव गरेकाेमा बैठकले सहमति जनाएको हो ।