पोप फ्रान्सिसको आन्द्राको शल्यक्रिया
एजेन्सी । पोप फ्रान्सिस आन्द्राको शल्यक्रिया गरिने भएको छ । उनको ठूलो आन्द्रा साँघुरो भएकाले शल्यक्रिया गर्नुपरेको हो ।
सामान्य एनेस्थेसिया दिएर शल्यक्रिया गरिने चिकित्सकहरूले बताएका छन् । रोमको जेमेली अस्पतालमा उनको उपचार हुनेछ ।
भ्याटिकनका अनुसार शल्यक्रियापछि पनि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्नेछ । शल्यक्रियापछिका संभावित जटिलता तथा आधारभूत चिकित्साका निम्ति पनि उनी अस्पतालमा रहनुपर्नेछ ।
उपचारका क्रमममा पोप होसमा रहे पनि बेहोस भए पनि एक करोड ३० लाख क्याथोलिकहरू र उनीहरुका गिर्जाघरको जिम्मेवारीमा उनमा निहित रहन्छ । दुई वर्षअघि पनि उनले सोही अस्पतालमा उपचार गराएका थिए । पोप फ्रान्सिस ८६ वर्षका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया