ओटिटीमा डेब्यु गर्दै मनिष पल, पहिलो वेब सिरिजको ट्रेलर सार्वजनिक

एजेन्सी । मनिष पलको वेब सिरिज रफुचक्करको ट्रेलर सार्वजनिक भएको छ । उनले यही सिरिजबाट ओटिटीमा डेब्यु गर्न लागेका हुन् ।
सिरिजमा मनिषसँगै चाहत विग, प्रिया बापट, सन्तोष सिंह, आकाश दहिया र अक्षा पर्दासानी पनि देखिनेछन् । अभिनेत्री चाहत विगले पनि यो सिरिजबाट नै ओटीटी डेब्यु गर्न लागेकी हुन् । यसअघि उनले फिल्म गुमराहमा काम गरेकी थिइन् ।
सिरिजको ट्रेलरमा मनिषलाई विभिन्न लुक्समा देखाइएको छ । सिरिजमा मनिष कहिले फिटनेस एक्सपर्टको भुमिकामा देखिनेछन् भने कहिले वेडिंग प्लानरको भूमिकामा देखिएका छन्।
उक्त वेब सिरिज नैनीताल र दिल्लीका केही क्षेत्रमा सुटिङ गरिएको हो। रितम श्रीवास्तवदे निर्देशक गरेको सिरिज १५ जुनदेखि जियो सिनेमामा प्रदर्शन हुनेछ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया