ओटिटीमा डेब्यु गर्दै मनिष पल, पहिलो वेब सिरिजको ट्रेलर सार्वजनिक
एजेन्सी । मनिष पलको वेब सिरिज रफुचक्करको ट्रेलर सार्वजनिक भएको छ । उनले यही सिरिजबाट ओटिटीमा डेब्यु गर्न लागेका हुन् ।
सिरिजमा मनिषसँगै चाहत विग, प्रिया बापट, सन्तोष सिंह, आकाश दहिया र अक्षा पर्दासानी पनि देखिनेछन् । अभिनेत्री चाहत विगले पनि यो सिरिजबाट नै ओटीटी डेब्यु गर्न लागेकी हुन् । यसअघि उनले फिल्म गुमराहमा काम गरेकी थिइन् ।
सिरिजको ट्रेलरमा मनिषलाई विभिन्न लुक्समा देखाइएको छ । सिरिजमा मनिष कहिले फिटनेस एक्सपर्टको भुमिकामा देखिनेछन् भने कहिले वेडिंग प्लानरको भूमिकामा देखिएका छन्।
उक्त वेब सिरिज नैनीताल र दिल्लीका केही क्षेत्रमा सुटिङ गरिएको हो। रितम श्रीवास्तवदे निर्देशक गरेको सिरिज १५ जुनदेखि जियो सिनेमामा प्रदर्शन हुनेछ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया