अफगानिस्तानमा सडक दुर्घटना : २४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ ।
एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नाजारीले बिहीबार जानकारी दिएका हुन् ।
चालकको लापरबाहीका कारण बुधबार साँझ सयद जिल्लामा भएको उक्त दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलालाई नजिकैको स्वास्थ्य केन्द्र पु-याइएको छ । युद्धग्रस्त अफगानिस्तानमा बुधबार भइको यो दोस्रो सडक दुर्घटना हो ।
यसअघि बुधबार बिहान मध्य बामियान प्रान्तमा भएको सडक दुर्घटनामा १४ यात्रु घाइते भएका थिए । भीडभाड भएका सडकहरूमा लापरवाहीपूर्ण ढङ्गले सवारी चलाउँदा अफगानिस्तानमा प्रायः घातक दुर्घटना हुने गरेका छन् ।
ताजा अपडेट
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
-
डेंगु संक्रमण बढेपछि ‘खोज र नष्ट गर’ अभियान
-
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
-
सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का
-
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
प्रतिक्रिया