NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

समाजवादी प्रेस सङ्गठनको अधिवेशन आजदेखि

काठमाडौं । समाजवादी प्रेस सङ्गठन, नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठका अनुसार राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने छ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता रहने छ ।