NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

रामायणमा राम सीता बन्दै आलिया र रणवीर, रावणको भूमिकामा यश

एजेन्सी । बलिउडड निर्देशक नितेश तिवारी पनि हिन्दू महाकाव्य रामायणमा फिल्म बनाउन लागेका छन् । मिडिया रिपोर्टका अनुसार तिवारीले यस फिल्ममा दीपिका पादुकोणको सट्टा आलिया भट्टलाई कास्ट गर्ने निर्णय गरेका छन् ।

फिल्ममा आलिया र रणवीर कपुर मुख्य भूमिकामा रहनेछन् । योसँगै केजीएफ अभिनेता नवीन कुमार गौडालाई रावणको भूमिकाका लागि छनोट गर्ने जनाइएको छ । तर, अहिलेसम्म यो भूमिकाका लागि मुख्य कलाकारको नाम भने पक्का भएको छैन ।

यसअघि फिल्ममा तमिल अभिनेत्री साई पल्लवीले सीताको भूमिका निभाउन सक्ने अनुमान गरिएको थियो । तर, केही दिनअघिमात्रै आलियालाई नितेश तिवारीको अफिसबाट बाहिर निस्किएको देखिएपछि नितेशले फिल्ममा सीताको भूमिकाका लागि आलियालाई फाइनल गरेको अनुमान गरिएको छ ।

फिल्ममा आलियालाई लिएर फ्यानहरू सामाजिक सञ्जालमा निकै उत्साहित देखिएका छन् । यो निर्णयमा खुशी व्यक्त गर्दै एक प्रयोगकर्ताले लेखेका छन्– आलियाको हाइट र उनको अभिनय यो भूमिकाका लागि एकदमै परफेक्ट छ ।

यससँगै रियल लाइफमा पनि आलिया–रणवीर जोडी हुन् । यसले उनीहरुलाई पर्दामा राम र सीताको भूमिका निर्वाह गर्न सहज हुनेछ ।

रिपोर्टका अनुसार दीपिका पादुकोण चाँडै नै नितेश तिवारीको प्रोडक्सन हाउसको अर्को प्रोजेक्टमा द्रौपदीको भूमिका निभाउन लागेकी छिन् । जसका कारण उनलाई यस फिल्ममा सीताको भूमिकाका लागि कास्ट गरिएन ।

त्यसैबेला फिल्ममा ऋतिक रोशनले रावणको भूमिका निभाउन सक्ने विश्वास गरिएको थियो तर फिल्ममा ढिलाइ भएपछि ऋतिकले थप काम गर्न अस्वीकार गरेका थिए ।

केही वर्षअघिसम्म ऋतिक फिल्ममा रावणको भूमिका निभाउन निकै उत्साहित थिए । सुजैन खानका बुबा सञ्जय खानले उनलाई आफ्नो फिल्ममा रामको भूमिकाको अफर गरेका थिए तर यो कुरा अगाडि बढ्न सकेन ।

निर्देशक नितेश तिवारीले यस वर्षको दीपावलीको अवसरमा फिल्मको औपचारिक घोषणा गर्न सक्नेछन् ।