NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ

एजेन्सी । अहिले विश्वव्यापी रूपमा नै ब्रेन ट्युमरका केसहरु बढ्दै गएको देखिन्छ । ब्रेन ट्युमर मस्तिष्क कोशिकाहरूमा असामान्य वृद्धिको समस्या हो, जुन धेरै कारणले हुन सक्छन् । ब्रेन ट्युमरका यस्ता धेरै मिथ्या छन् जसलाई हामीले विश्वास गर्दै आएका छौं । आउनुहोस् जानौं यसका केही भ्रम र यथार्थ ।

ब्रेन ट्युमर हुनु भनेको क्यान्सर लाग्नु हाे

धेरैको बुझाइमा ब्रन ट्युमर हुँदा क्यान्सर भएको भन्ने छ । तर ट्युमर हुँदा क्यान्सर हुँदैन् । क्यान्सर रिसर्च युकेका अनुसार ब्रेन ट्युमर कति छिटो बढ्छ भन्ने आधारमा वर्गीकरण गरिन्छ। जसमा चरण १ र २ भने हानिकारक मानिदैन् । यद्यपि चरण ३ र ४ को ट्युमरमा भने क्यान्सरका लागि जोखिम हुन सक्छ ।

मोबाइल फोनको अत्याधिक प्रयोगले ब्रेन ट्युमर हुन्छ

अधिकांशमा मोबाइल र ब्रेन ट्युमरको एक अर्कासँग सम्बन्ध हुने बुझाइ छ । जुन गलत हो । मेरिकन क्यान्सर सोसाइटीले गरेको अनुसन्धानमा मोबाइल फोनको प्रयोगले ब्रेन ट्युमरसँग कुनै सम्बन्ध नभएको निषर्क निकालेको थियो । तथापी, मोबाइल फोनको विकिरणले ट्युमर नभए पनि यो हानिकारक भने हुन्छ ।

आमाबुवालाई ब्रेन ट्युमर भएको छ भने बच्चालाई पनि जोखिम हुन्छ

आमाबुबालाई ब्रेन ट्युमर हुनेबित्तिकै बच्चामा पनि त्यसको जोखिम हुने कुरामा कुनै सत्यता छैन् । ब्रेन ट्युमरको जोखिम वंशाणुगत हुन सक्छ । वंशाणुगत भएतापनि परिवारमा भने यसको जोखिम ५ देखि १० प्रतिशत मात्रै हुन्छ । तर पनि यसको आनुवंशिक जोखिम भने अत्यधिक न्युन रहन्छ । क्यान्सर रिसर्च युकेका अनुसार केही प्रकारका ब्रेन ट्युमर मात्र आनुवंशिकतासँग सम्बन्धित छन् ।

ब्रेन ट्युमर वृद्धवृद्धालाई मात्र हुन्छ

ब्रेन ट्युमर वृद्ध व्यक्तिमा मात्र नभई साना बालबालिकामा पनि हुन सक्छ । केही बच्चामा आमा गर्भमा रहँदै पनि ब्रेन ट्युमर हुन सक्छ। यो गर्भावस्थाको तेस्रो त्रैमासिकमा अल्ट्रासाउन्डमा पत्ता लगाउन सकिन्छ। त्यसैले ब्रेन ट्युमर वृद्धवृद्धालाई मात्र हुन्छ भन्ने भ्रम त्याग्नुपर्छ ।