नागरिकले नागरिकता पाउन हुन्न भनेर कहिल्यै भनेका छैनौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कोही पनि नागरिक नागरिकताविहीन हुनु हुँदैन भन्ने पक्षमा रहेको प्रष्ट पारेका छन् ।
राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेको भन्दै रास्वपाको आलोचना भइरहेका बेला लामिछानेले नागरिकको नागरिकता पाउने अधिकारको नभएर विधेयक प्रमाणीकरण प्रक्रियाको विरोध गरेको प्रष्ट पारेका हुन् ।
‘नागरिकता नपाएकाहरूले नागरिकता पाउनुपर्छ । हामी सधैं यस्ता नागरिकताविहीन नागरिकको पक्षमा छौं । यसलाई मात्र व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ राजधानीमा आयोजित एक कार्यक्रममा लामिछानेले भने ।
वैवाहिक अंगीकृतका हकमा विधेयकले बोलोस् भन्ने आफूहरूले चाहे पनि संसदमा नलगी प्रमाणीकरण गरिएको उनले बताए ।
‘हामीले वैवाहिक अंगिकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौं। हामीले सही ढंगबाट आओस् भनेका छौं। नेपाली आमाका छोराछोरीले नागरिकता पाउनु हुँदैन भनेर नपाउन् भनेर हामीले बोलेकै छैन,’ उनले भने ।
ताजा अपडेट
-
सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का
-
सूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
-
बालेनले गाडीमा जान नदिएपछि राष्ट्रपतिदेखि प्रधानन्यायाधीश हिँडेरै पुगे इन्द्रजात्रा हेर्न वसन्तपुर
-
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड
-
दीपेन्द्रका बुवा भन्छन्: छोराका कीर्तिमानले देश खुसी भएको छ
प्रतिक्रिया