नागरिकले नागरिकता पाउन हुन्न भनेर कहिल्यै भनेका छैनौं : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कोही पनि नागरिक नागरिकताविहीन हुनु हुँदैन भन्ने पक्षमा रहेको प्रष्ट पारेका छन् ।
राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेको भन्दै रास्वपाको आलोचना भइरहेका बेला लामिछानेले नागरिकको नागरिकता पाउने अधिकारको नभएर विधेयक प्रमाणीकरण प्रक्रियाको विरोध गरेको प्रष्ट पारेका हुन् ।
‘नागरिकता नपाएकाहरूले नागरिकता पाउनुपर्छ । हामी सधैं यस्ता नागरिकताविहीन नागरिकको पक्षमा छौं । यसलाई मात्र व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो धारणा हो,’ राजधानीमा आयोजित एक कार्यक्रममा लामिछानेले भने ।
वैवाहिक अंगीकृतका हकमा विधेयकले बोलोस् भन्ने आफूहरूले चाहे पनि संसदमा नलगी प्रमाणीकरण गरिएको उनले बताए ।
‘हामीले वैवाहिक अंगिकृतका हकमा पनि यसले केही बोलोस् भनेका हौं। हामीले सही ढंगबाट आओस् भनेका छौं। नेपाली आमाका छोराछोरीले नागरिकता पाउनु हुँदैन भनेर नपाउन् भनेर हामीले बोलेकै छैन,’ उनले भने ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया