NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

‘जुनकिरी’लाई उत्कृष्ट अभिनेत्री अवार्ड

काठमाडौं । केही दशकअघिको नेपाली समाजमा जकडिएको जातीय र वर्गीय विभेदलाई मुख्य विषयवस्तु बनाएर प्रस्तुत गरिँदै आएको चर्चित टेलिश्रृंखला ‘जुठे’ कि कलाकार सरिता ढुंगाना ‘जुनकिरी’ उत्कृष्ट अभिनेत्री अवार्डबाट सम्मानित भएकी छन् ।

नेशनल बक्स अफिस टेलिफिल्म अवार्ड २०२० अन्तर्गत जुनकिरी उत्कृष्ट अभिनेत्रीको अवार्डबाट सम्मानित भएकी हुन् ।

जुनकिरीले सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट् गर्दै आफू उत्कृष्ट अभिनेत्री अवार्डबाट सम्मानित भएको जनाएकी छन् । अवार्डबाट सम्मानित हुँदा खुसी लागेको र आगामी दिनमा मिहिनेत गरेर अझै राम्रो गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।

‘जुठेबाट उत्कृष्ट अभिनेत्रीको उपाधि पाउन सफल भएकोमा एकदमै खुसी छु। आगामी दिनहरूमा अझै बढी मिहिनेत गर्दै जानेछु। यो माया र सम्मानप्रति सधैं आभारी छु,’ अवार्ड प्राप्तपछि उनले लेखेकी छन् ।

जुनकिरीसँगै जुठेका अन्य कलाकार पनि अवार्डबाट सम्मानित भएका छन् ।

केही दशकअघि नेपाली समाजमा रहेको जमिनदारहरूको हालीमुहाली र तिनको अगुवाइमा हुने जातीय विभेदको विषयवस्तुलाई टपक्क टिपेर तयार पारिएको जीवन्त जुठे अत्यधिक रुचाइएको टेलिश्रृंखलामा पर्छ । हरेक साताको बिहीबार हिमालयन टेलिभिजनबाट प्रसारण हुने यसका प्रत्येक श्रृंखलाले करोडभन्दा बढी भ्युज पाउने गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष