वातावरण साहित्य गोष्ठी सम्पन्न, ‘भ्यागुताको बिहे’लाई प्रथम पुरस्कार
काठमाडाैं । प्रज्ञा भवनमा शनिबार आठौं वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा पर्या साहित्यिक कार्यपत्र प्रस्तुति, ४ वटा कृतिको विमोचन, पुरस्कार वितरण र कविता वाचनलगायत भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा पर्या–साहित्य सिद्धान्त र सिर्जना, पृथ्वीका सुस्केराहरू, पर्या–प्रेमको गुञ्जन, ब्लु प्लानेट (अंग्रेजी संस्करण)को विमोचन गरिएको छ भने उपस्थित साहित्यकारहरुले पुस्तकमाथि समीक्षासमेत गरेका थिए ।
विश्व वातावरण दिवसको अवसरमा सरगम प्रकाशन प्रालि तथा साहित्य पोस्टको सहयोगमा विश्व नेपाल साहित्य महासंघ आयोजनामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानले जानकारी दिए ।
सन् २०१६ देखि यूकेमा रहेका नेपाली साहित्य संगठनको सहकार्यमा वार्षिक रूपमा आयोजना हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष आठौं पटक आयोजना गरिएको हो ।
गोष्ठीमा भुटानका डा. शिवराज भट्टराई, नेपालका डा. नन्दिनी भेल्यो र सलिल सुवेदीको विशेष प्रस्तुति थियो ।
साहित्यपोष्टमा वर्षभरि प्रकाशित उत्कृष्ट तीन कविलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कृत हुनेमा डा. विप्लव ढकालको ‘भ्यागुताको बिहे’ प्रथम, वासुदेव अधिकारीकोल ‘हिउँमारा तापमान’दोस्रो र कृष्ण बाउसेको ‘डाइनोसरको भजन’तेस्रो भएका छन् ।
कार्यक्रमले नेपाली पर्या साहित्य प्रतिष्ठाको समेत घोषण गरिएको छ । प्रतिष्ठालाई डाक्टर गोबिन्द प्रसाद भट्टराईले एक लाख सहयोग गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया