रिलिज अगावै रणवीर अभिनित ‘एनिमल’ लाई चोरीको आरोप
एजेन्सी । रणवीर कपुरको आगामी फिल्म ‘एनिमल’ को प्रि टिजर हालै सार्वजनिक भएको छ । रिलिजसँगै सामाजिक सञ्जालमा फ्यानहरूले फिल्मले कोरियन फिल्म ‘ओल्डब्वाई’को नक्कल गरेको आरोप लगाएका छन् ।
धेरै फ्यानहरूले फिल्म ‘ओल्डब्वाई’ को क्लिप सेयर गरेका छन् र ‘एनिमल’ को प्रि–टिजरको भिडियोसँग तुलना गरेका छन्। टिजरमा देखाइएको एक्सन दृश्य ‘ओल्डब्वाई’बाट नक्कल गरिएको फ्यानले बताएका छन् ।
आइतबार रिलिज भएको ‘एनिमल’ को प्रि–टिजर भिडियोमा रणवीर कपूरलाई एक्सन अवतारमा देखाइएको थियो। टिजरमा उनी बञ्चरोको सहाराले करिडोरमा दुश्मनसँग लडिरहेको देख्न सकिन्छ। यो हेरेपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिल्मका निर्देशक सन्दीप रेड्डी वांगामाथि दक्षिण कोरियाली फिल्म ‘ओल्डब्वाई’का दृश्यहरू नक्कल गरेको आरोप लगाएका छन् ।
टिजर हेरेपछि एक प्रयोगकर्ताले लेखे, ‘यस टिजरमा मौलिक केही छैन । दुर्भाग्यवश, सन्दीप वांगा पनि एक कपिक्याट बने।’ जबकि अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘फिल्मको टिजर क्रोधले भरिएको छ तर निर्देशकले कोरियन फिल्म ‘ओल्डब्वाई’ को एक्सन सिक्वेन्स नक्कल गरेका छन् । तपाईं यो भन्दा राम्रो गर्न सक्नुहुन्छ।’
सन् २००३ मा रिलिज भएको पार्क चान वूक निर्देशित फिल्म ‘ओल्डब्वाई’ लाई यसको सशक्त एक्शन दृश्यका लागि याद गरिन्छ। फिल्ममा एक प्रसिद्ध कोरिडोर लडाइँको दृश्य थियो जहाँ नायकले एक्लै हथौडाको साथ धेरै गुण्डाहरूलाई लिन्छ। ‘एनिमल’का निर्माताले यो एक्सन दृश्य नक्कल गरेको फ्यानले आरोप लगाएका छन् ।
कबीर सिंह फेम निर्देशक सन्दीप रेड्डी वांगाद्वारा निर्देशित ‘एनिमल’ यस वर्षको अगस्ट ११ मा थिएटरमा रिलिज हुँदैछ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया