NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सामसुङले प्रिमियम सेगमेन्टको सस्तो फोन ल्याउँदै

काठमाडाैं । सामसुङले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त फोन Samsung Galaxy S23 FE को आधिकारिक लन्च हुनु अघि नै यसका केही विशेषताहरू बाहिरिएको छ ।

सामसुङले सन् २०२१ जनवरीमा मा Samsung Galaxy S21 FE सार्वजनिक गरेको थियो । त्यसपछि ग्यालेक्सी S22 FE लाई पेश गरेको थिएन । केही रिर्पोटका अनुसार त्यसमा यो शृङ्खला रोकिएको दाबी गरिएको छ । तर आगामी फोनबारे केही कुरा खुलाइएको छ ।

नयाँ फोनको बारेमा विस्तृत खुलाएको छैन तर रिपोर्टका अनुसार उक्त फोन अगस्ट वा सेप्टेम्बरमा लन्च गर्ने तयारी कम्पनीले गरेको छ । यो मोबाइलको पछाडिको प्यानलमा ५० एमपी क्यामेरा र ४५०० एमएएच ब्याट्री छ।