NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

अस्ट्रेलियामा बस दुर्घटना, कम्तीमा १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

काठमाडौं (एजेन्सी) । अस्ट्रेलियामा गएराति बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते छन् । विवाह समारोहबाट फर्किरहेका मानिस सवार बस आइतबार राति न्यू साउथ वेल्सको ग्रेटा नजिक दुर्घटना भएको हो ।

बिबिसीले त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै विवाह समारोहबाट फर्किएरहेका यात्रु सवार बस पल्टिएको जनाएको छ ।

समाचारअनुसार, दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । उपचाररतमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले ५८ वर्षीय बस चालकलाई पक्राउ गरेको छ । घटनामा सामान्य घाइते उनलाई उपचारपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।