NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बहस : नीतिगत विषयलाई मिडियाले दिएको स्थान पर्याप्त छ ?

काठमाडौं । राज्यको चौथो अंग मानिँदै आएको मिडियाले नीतिगत विषयवस्तुलाई दिएको स्थान पर्याप्त छ ? सञ्चारमाध्यमले सम्प्रेषण गर्ने विषयवस्तु तथा समाचार घटनाप्रेरित मात्रै किन हुन्छन् ? यी समस्याको दीर्घकालीन  सुधारका लागि नीतिगत विषय उठानमा मिडिया किन चुकिरहेको छ ?

यस पटकको पोलिसी डायलगको  श्रृंखलामा कार्यक्रम प्रस्तोता डा. गोविन्दराज पोखरेलले अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँले र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानसँग उत्तर खोजेका छन् ।

मिडियाले उठाएका विषयवस्तु, त्यसका गाम्भीर्यता र समाजको अपेक्षालगायतका विषयमा केन्द्रित भई तथ्य र तथ्यांकमा आधारित रहेर गरिएको बहसको पूरा अंश तल भिडियोमा हेर्न सक्नुहुनेछ ।

यो कार्यक्रम हरेक आइतबार राति ८ः०० बजे एपिवान र नेपालवाचको युट्युब च्यानलमा प्रशारण हुँदै आएको छ ।