बहस : नीतिगत विषयलाई मिडियाले दिएको स्थान पर्याप्त छ ?
काठमाडौं । राज्यको चौथो अंग मानिँदै आएको मिडियाले नीतिगत विषयवस्तुलाई दिएको स्थान पर्याप्त छ ? सञ्चारमाध्यमले सम्प्रेषण गर्ने विषयवस्तु तथा समाचार घटनाप्रेरित मात्रै किन हुन्छन् ? यी समस्याको दीर्घकालीन सुधारका लागि नीतिगत विषय उठानमा मिडिया किन चुकिरहेको छ ?
यस पटकको पोलिसी डायलगको श्रृंखलामा कार्यक्रम प्रस्तोता डा. गोविन्दराज पोखरेलले अनलाइनखबरका प्रधान सम्पादक शिव गाउँले र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानसँग उत्तर खोजेका छन् ।
मिडियाले उठाएका विषयवस्तु, त्यसका गाम्भीर्यता र समाजको अपेक्षालगायतका विषयमा केन्द्रित भई तथ्य र तथ्यांकमा आधारित रहेर गरिएको बहसको पूरा अंश तल भिडियोमा हेर्न सक्नुहुनेछ ।
यो कार्यक्रम हरेक आइतबार राति ८ः०० बजे एपिवान र नेपालवाचको युट्युब च्यानलमा प्रशारण हुँदै आएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया